राजबिराज, १२ जेठ । गरिबी, अशिक्षा र अपरिपक्कताका कारण बालविवाह बढेको एक कार्यबीच सहभागीहरूले जोड दिएका छन् ।
उनीहरूले अशिक्षा, आर्थिक अवस्था कमजोर र कानूनी ज्ञान नभएकै कारण ग्रामीण क्षेत्रका बालिकाहरू उमेरै नपुगी वैवाहिक जीवनमा जोडिन बाध्य छन भने ग्रामीण महिलाको उज्जल भविष्य निर्माण गर्ने मूल बाधक भएको बताए ।
शुक्रवार राजबिराज वडा ९ मलेठमा विकासका लागि भिजन नेपाल द्वारा आयोजना तथा राजबिराज नगरपालिकाको सहयोगमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागीहरूले बालविवाह न्यूनिकरण गर्न समुदाय स्तरमा जनचेतना फैलाउनुपर्नेमा जोड दिएका छन् । सो अवसरमा राजबिराज नगरपालिका नगरप्रमुख भिमराज यादवले बालविवाह न्यूनिकरण गर्न अभिभावकहरू जिम्मेवार भई २० वर्ष उमेर पुराएपछि मात्र विवाह गर्नुपर्नेमा जोड दिए । शिक्षाको कमीका कारण बालविवाह बढेकोले शिक्षा र जनचेतना समुदायमा फैलाउनुपर्नेमा जोड दिए ।
राजबिराज नगरपालिका वडा ९ का अध्यक्ष जवाहर यादवको अध्यक्षतामा आयोजित कार्यक्रम कार्यपालिका सदस्य सोनी रजक, रेखा मण्डल, मोहम्मद ईलियास, मोहम्मद मुन्ना, मनोज साह, मंजु खडका, विकासका लागि भिजन नेपालका अध्यक्षता सुवालाल यादब लगायतले बालविवाह बढेकोले शिक्षा र जनचेतना समुदायमा फैलाउनुपर्नेमा जोड दिए।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |