अमेरिका । मधेशी समुदायको सुदृढीकरण र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकामा रहेको मधेशी एशोसिएसन अफ अमेरिका (MAA) को तेस्रो अधिवेशन २०२३ मे २७ र २८ मा अमेरिकाको पेन्सिलभेनियामा हुने भएको छ ।
फिलाडेल्फियामा रहेको ड्रेक्सेल विश्वविद्यालयमा हुने अधिवेशनमा व्यापार र उद्यमी फोरम संचालन हुने छ र नयाँ कार्य समितिको चयन हुने एशोसिएसनका अध्यक्ष शतेन्द्र साहले जानकारी दिएका छन् ।
अधिवेशनमा अमेरिकाभर रहेका झण्डै साँढे दुई सय भन्दा बढी मधेशी समुदायको सहभागिता हुने छन् । एशोसिएसनमा हाल नौ सय भन्दा बढी सदस्य छन् । अधिवेशनमा सदस्यहरू बीच अमेरिका र बाहिरका मधेसी साथी हरूसँग नेटवर्किङ र सामाजिक एकीकरण, व्यवसाय, शैक्षिक र क्यारियर साझेदारीको अवसर हुने छ । यस्तै लगानीको लागि सामूहिक प्रयास सृजना गराउने तर्फ पनि छलफल हुने अध्यक्ष साहले जनाइएको छ ।
अमेरिकाका विश्वविद्यालय हरूमा छात्रवृत्ति कसरी प्राप्त गर्ने भन्ने बारेमा पनि अनुभव साझेदारी गरिने छ । छात्रवृत्ति र अनुदान आवेदनका बारेमा पनि चर्चा गरिने, मानसिक स्वास्थ्य र कल्याण कुराकानी, नेटवर्किङ र सामाजिक एकीकरणका विषयले पनि अधिवेशनमा प्रवेश पाउने जनाइएको छ ।
एशोसिएसनका गतिविधिहरू प्रस्तुति हुनाका साथै सांस्कृति कार्यक्रम, प्रतिभा शो र पुरस्कार पनि अधिवेशनका आकर्षण हुने राजविराज निवासी रेडियो छिन्नमस्ता सप्तरी, नेपालको पूर्व स्टेशन म्यानेजर, मिथिला-मैथिली अभियन्ता हाल अमेरिका, भर्जिनियामे वस्दै अइरहेका MAA को DMV Chapter सलाहकार शिव प्रताप साह बताएका छन् ।
कार्यक्रममा सहभागिताका लागि यहाँ क्लिक गरि दर्ता गर्न सकिने छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |