राजविराज । सप्तरी कारागारमा सरकारी छाप, दस्तखत किर्ते मुद्दामा वन्दी जीवन बिताइरहेका एक कैदीलाई जिल्ला अदालत सप्तरीले पैतिश प्रतिशत कैद छुटको फैसला गरेको छ ।
सप्तरीको कचंनपुर- ८ बस्ने ७२ वर्षिय भागवत मलाहलाई ज्येष्ठ नागरिक ऐेन २०६३ को दफा १२ (१) (ख) बमोजिम माननीय न्यायाधीश डा. राजेन्द्र कुमार आर्चायको एकल इजलासले शुक्रबार उक्त फैसला गर्नुभएको हो ।
ज्येष्ठ नागरिक मलाहको तर्फबाट प्रदेश कानुनी सहायता अधिकृत अधिवक्ता अस्मिता थापाले बहस गर्नुभएको थियो ।
सप्तरी कारागार मार्फत मलाहले आफू ज्येष्ठ नागरिक भएकोले कैदमा छुट सुविधा पाँउ भनी जिल्ला अदालत सप्तरीमा निवेदन दिएका थिए ।
जिल्ला अदालत सप्तरीको मिति २०७३/११/ १० को फैसला बमोजिम १ वर्ष कैद र ५० रुपैयाँ जरिवाना गरेकोमा, जिल्ला अदालतको च.न. ०७९- ३३- ०१४९७२ को पत्र बमोजिम मलाहलाई कैद भुक्तानको लागी मिति २०७९/१२/ १५ देखि २०८०/११ /१७ गते सम्म कैदमा रहनेगरी करागार चलान गरेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |