राजविराज । सप्तरीमा एकै दिन झुन्डिएर दुई जनाको मृत्यु भएको छ । राजविराज नगरपालिका र शम्भुनाथ नगरपालिकामा एक जना पुरुष र एक जना युवतीको शव सोमबार बिहान झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार राजविराज नगरपालिका -७ सखडा मोड बस्ने करिब ५० वर्षीय किशोर गुप्ता आफ्नै सुतने घरमा बासको बलोमा साडिको पासो लगाएर झुण्डिएको हो भने शम्भुनाथ नगरपालिका -२ कनकपट्टि टोल बस्ने अमरलाल सदाको छोरी १६ वर्षीया संजिवनी सदा आफ्नो घरबाट अन्दाजी १ किलो मिटर पूर्वमा रहेको आपको रुखमा सलको पासो लगाई झुन्डिएकी हुन ।
घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी नरेश कुमार सिंहले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |