राजबिराज । सप्तरीको राजगढ गाउपालिका ३ स्थित रहेको जनता शंकर माध्यमिक विद्यालय नर्घोको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । मंगलबार व्यवस्थापन समितिको बैठकले दुई जना मनोनित सदस्य चयन गरेपछि ७ सदस्यीय बिधालय व्यवस्थापन समिति बनेको हो ।
निर्वाचित जेठ सदस्य बिरेन्द्र यादवको अध्यक्षतामा निर्वाचित सदस्यहरूको बैठकले महिला तर्फ बिधालयका प्रमुख चन्दादाता कपुरदेवी यादव र स्थानीय बृद्विजिवी तर्फबाट प्रताप विश्वकर्मा मनोनित गर्ने निर्णय गरेका थिए । गत जेठ ७ गते सम्पन्न बिधालय व्यवस्थापन समितिको निर्वाचनमा ४ जना सदस्यहरू निर्वाचित भएका थिए भने मंगलबार दुई जना सदस्य मनोनित भएपछि व्यवस्थापन समिति पूर्णता पाएको हो ।
गठित समितिको अध्यक्षमा बिरेन्द्र यादब, सदस्यहरूमा राजदेव यादब, रेणुदेबी मण्डल, बतही देवी कुर्मैन, कपुरदेवी यादब, प्रताप विश्वकर्मा रहेका छन भने सदस्य सचिवमा विद्यालयका प्रअ रबिन्द्र साह रहेका छन । आजै गठित व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादब सहितका पदाधिकारीलाई शपथ ग्रहण गरिएको छ ।
राजगढ गाउपालिका वडा ३ का वडा अध्यक्ष बासो देबी यादबनीको अध्यक्षतामा आयोजित शपथ ग्रहण कार्यक्रममा गाउपालिका उपाध्यक्ष रेणु देबी मण्डल, शिक्षा अधिकृत रामभगत मण्डल, बिधार्थी नेता शम्भु यादब, भूपू गाविस अध्यक्ष मुसहर यादब, बिरेन्द्र यादब, पुर्व वडा अध्यक्ष ललित सिंह लगायतले शुभकामना मन्तव्य दिएका थिए भने स्वागत मन्तव्य विद्यालयका प्राधानाध्यापक रबिन्द्र साहले गरेका थिए ।
उक्त अवसरमा वडा अध्यक्ष बासो देवी यादबले बिधालयलाई तत्काल ५० बटम बेन्च डेस्क उपलब्ध गराउने प्रतिबद्धता जनाइन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |