राजविराज, १७ जेठ । पोखरीमा डुबेर सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-४ मा आज बुधबार एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तिलाठी कोईलाडी-४ चटि टोल निवासी धर्मेन्द्र पासवानका ११ वर्षीय छोरा सुभाष कुमार पासवान रहेको प्रहरीले जनाएको छ ।
पोखरीको डिलमा खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता नरेश कुमार सिहले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |