राजबिराज, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा तिलाठी कोईलाडी गाउँपालिकाले विभिन्न ठाउँमा वृक्षारोपण गरी मनाइएको छ ।
सोमवार “प्लाष्टिकजन्य प्रदुषण निर्मूल पारौं स् वातावरणमैत्री विकल्पको उपयोग गरौं” नाराका साथ गाउँपालिकाद्वारा वडा नं. १ तिलाठीस्थित सरस्वती मन्दिर प्राङ्गणमा र लक्ष्मी बल्लभ नरसिंह मावि बभनगामाकट्टी विद्यालय प्राङ्गणमा वृक्षारोपण गरिएको हो ।
उक्त अवसरमा तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष अरूण मण्डलले पछिल्लो एक सातादेखि बढ्दै गएको तापक्रमले जनजीवन प्रभावित बनेको वृक्षारोपणले पर्यावरणमा सहयोग पुग्ने र यसलाई सघन रुपमा अगाडि बढाउने योजना रहेको बताए ।
सो अवसरमा अमला, निम, अशोक, मसला, महगनी लगायतको जातको बिरुवा रोपिएको कार्यक्रम अधिकृत राजेश अधिकृत झाले जानकारी दिए ।
वृक्षारोपण कार्यक्रममा पालिका उपाध्यक्ष फुलकुमारी साह, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, वडा अध्यक्षहरु दिनेश्वर मिश्र, रमेश मुखिया, मुनिलाल मुखिया, ललनप्रसाद राउत, रोशन सिंह, हरिनारायण मण्डल र सत्यनारायण यादवले सहभागिता रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |