राजविराज । विभिन्न पार्टी परित्याग गरी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सोमबार आयोजित एक कार्यक्रमबीच एक दर्जन भन्दा बढी नेता कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।
पार्टीका जिल्ला अध्यक्ष केदारप्रसाद यादवको अध्यक्षता तथा मधेश प्रदेश समितिका मुख्यसचिव दिनेश यादवको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिका-४ मुखिया टोलका सत्यनारायण मुखियासहित एक दर्जन व्यक्ति जसपामा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा पार्टीका नेता एवम् निवर्तमान जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादव, युवा नेताहरु गुड्डु सिंह, शम्भु यादव लगायतको उपस्थिति थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |