राजविराज, २२ जेठ । सर्वोच्च अदालतले गत हप्ता राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको विरुद्धमा राजविराजमा प्रदर्शन भएको छ ।
राजविराजको शिव मन्दिरबाट निकालिएको विरोध रयाली नगरको विभिन्न भाग परिक्रमा गरि जनआन्दोलन चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै वक्ताहरूले नागरिकता विधेयक कार्यान्वयनमा षड्यन्त्र गरिए शसक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । आजको आन्दोलन सांकेतिक मात्र भएको बताउँदै वक्ताहरूले नागरिकता संविधान सम्वत् आएको नागरिकता विधेयक निसर्त कार्यान्वयन गर्नुपर्ने जिकिर गरे ।
कोणसभालाई जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादव, जनमत पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशी, लोसपा सप्तरीका उपाध्यक्ष बौवालाल शर्मा, नेपाली कांग्रेसका जागेश्वर यादव नेकपा एसका छोटेलाल यादव लगायतकाले सम्बोधन गरे । कार्यक्रमको संचालन जसपा सप्तरीका कार्यकारिणी समिति सदस्य लक्ष्मण यादवले गरेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |