काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत् छैठौं तहका ल्याव टेक्निसियन अधिकृत लेखनाथ भट्टराईलाई ५० हजार रुपैयाँ घुससहित शुक्रबार शंखमुलबाट पक्राउ गरेको छ ।
ल्याव दर्ता प्रक्रियाका लागि सहजीकरण गरिदिने भन्दै घुस मागेको अख्तियार स्रोतले बताएको छ । घुस रकमसहित नियन्त्रणमा लिइएका भट्टराईमाथि आवश्यक छानबिन भइरहेको बताइएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |