राजबिराज । राजबिराजको राजदेवी चौक जोडने कालोपत्रे सडकको निर्माण कार्य अलपत्र भएपछि सर्वसाधारण समस्यामा परेका छन् ।
उपयोगी पुस्तक पसल देखि राजदेवी चौक सम्मको १ किलो मिटर जोडने बाटोमा कालोपत्रे निर्माण कार्य नहुदाँ सर्वसाधारणले धुलो, खाल्डो कारण सास्ती भोग्नु परेको छ ।
सडकको निर्माण कार्य नहुदाँ सर्वसाधारण र सडकको छेउछेउमा रहेको पसलमा धुलो कारण बिरामी पर्ने गरेको राजबिराज वडा ३ का अध्यक्ष अनिल दासले बताउँछन् । कान्छा राम कन्ट्रक्सनको लापरवाही कारण र समयमा कालोपत्रे कार्य नहुदाँ सर्वसाधारणले दुख पाएको अध्यक्ष दासले गुनासो गरे ।
स्थानीयवासीहरूले लामो समयदेखि ठेकेदारले सडक कालोपत्रे गर्ने भने पनि कामै नगरेपछि भन्दै विरोध जनाएको छ । लामो समयसम्म सडकमा ग्राइभेल राखेर छोडेपछि सडक खाल्टैखाल्टामा परिणत भएको स्थानीय राजकुमार दास बताउँछन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |