मनिका झा, जनकपुरधाम । हाम्रो समाजमा एउटा कहावत छ,‘सत्य बोल, प्रिय बोल । अप्रिय छ भने सत्य पनि नबोल’ । तर, पत्रकारिताको सिद्धान्त अलि फरक छ । पत्रकारिताले सत्यनै बोल्नुपर्छ भन्ने मान्यता राख्छ ।
खराब प्रवृत्ति, संस्कार तथा संस्कृतिको निन्दा र असल पक्षलाई हौसला दिने काम पत्रकारकै हो । पत्रकारिता मेहनत, अध्ययन र अभ्यासको पेशा हो । यो पेशामा जति सिक्यो जति लेख्यो र जति बुझ्यो त्यतिनै बढि उज्जवल भविष्य छ । कलमको माध्यमले परिवर्तनको सपना कोर्ने यो पेशा निकै मर्यादित र असल हो । एक सच्चा पत्रकारका लागि पत्रकारिता मात्र पेशा नभई उसको ‘धर्म’ बन्न जान्छ । र आफ्नो धर्म सँग खेलवाड कोहीले गर्यो वा गर्ने आशय पनि राख्यो भने त्यो स्वीकार्न गाह्रै हुन्छ ।
पछिल्लो समय पत्रकारिता जस्तो बौद्धिक पेशालाई विकृत गर्ने र यसको मानमर्दन गर्ने काम चौतर्फी रुपमा भएको पाइन्छ । यो पेशालाई हतियार बनाएर समाजको भलो भन्दा कुभलोका लागि प्रयोग गर्न थालिएको छ । पत्रकारिताको सामान्य सिद्धान्त समेत जान्नेहरू पनि यस पेशामा नामधारी बन्न लालायित हुन्छन् ।
समाजले पत्रकारलाई दिएको सम्मान र प्रतिष्ठाको गलत प्रयोग र अवसरहरूको दुरुपयोग गर्नकै लागि अन्य पेशामा भएर पनि पत्रकारिताको आवरणमा थुप्रै ‘गैरपत्रकारहरु ’ समाहित हुन खोजेका छन् ।
अहिले एउटा भनाई निकै चर्चित भएको छ ,‘ अहिलेका पत्रकारहरू लेख्न बाहेक सबै काम गर्छन् ।’
पत्रकारितानै नगर्नेहरूलाई पनि पत्रकार हो भनी प्रमाणित गर्ने काम पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले वर्षौदेखि गर्दै आएको छ । महासंघमा हुने निर्वाचनको बेला निर्वाचित हुनकै लागि मतदाता बढाउन पत्रकारिताको ‘प’ समेत नजान्नेहरूलाई पनि महासंघको सदस्य बनाउने काम विगतमा भएको छ । पत्रकार भएर महासंघमा पदाधिकारी भएकाहरूले आफ्ना नातेदार, आफन्त, टोल छिमेकका साथी, अन्य पेशामा लागेका व्यक्तिहरू, हितैसी र यतिसम्म कि राजनीतिक दलका पदाधिकारी र जातीय अगुवाहरूलाई समेत महासंघका सदस्यता प्रदान गरेका छन् ।
भागबन्डाका आधारमा सदस्यता बाँडेका महासंघका लागि अहिले आफ्नै सदस्यहरू घाँडो भएका छन् । पत्रकारिता गर्ने भन्दा नगर्नेहरूको जमात महासंघमा धेरै छ । जसले गर्दा कुनै पनि अवसर आयो भने त्यो पत्रकार भन्दा यस्ता गैरपत्रकारहरुले बढि पाउने गर्छन् । पत्रकारिता गर्नेहरूका लागि महासंघ नभए पनि हुने भयो तर, पत्रकारनै नभएकाहरूका लागि यो संस्था आवरण बनेको छ जसबाट उनीहरु कहिल्यै हट्न चाहँदैनन् ।
पछिल्लो समय नेपाल पत्रकार महासंघले आफ्नै भित्र शुद्धिकरण गर्न खोजेको छ । पत्रकारिता बाहेक अन्य पेशा अँगालेकाहरूलाई आफ्नै पेशामा फर्किन र महासंघलाई विशुद्ध पत्रकारहरुकै संस्था रह्न दिन महासंघको यो अभियान सराहनीय हो । तर, आफैँले सम्मान दिएर बनाएका सदस्यहरूलाई गैरपत्रकार भन्नु कम्ता ठूलो आँट होइन् । अर्को तर्फ पत्रकारिताको खोल ओढेर महासंघको छातामुनी लुकेका अन्य पेशाकर्मीहरुका लागि पनि आफ्नो खोल उतार्नु चानचुने कुरो होइन् ।
पत्रकारिताकै कर्ममा लागेकाहरूको समाजमा पहिचान छ । तर, महासंघको निर्वाचनकै लागि सदस्य भएर बसेका र बेला बखत महासंघको कार्ड देखाएर फाइदा लिनेहरूलाई सदस्यता छाड्नु निकै कष्टकर बनेको छ । महासंघले बनाएको १५ बुँदे शुद्धिकरण मापदण्डलाई अक्षरशःः पालना गर्नु सबै कलमजिवीहरुको कर्तव्य हो । तर, जसले राजनीतिकै लागि आफ्ना श्रीमती, सालो, नातेदार, छर छिमेकी र हुदैं नभएकाहरूलाई पनि सदस्य बनायो तिनलाई यो सत्य अपाच्य भएको छ ।
वकिलहरूको संगठनमा जसरी वकिलनै सदस्य हुन्छन्, शिक्षकहरूको संगठनमा जसरी शिक्षकनै सदस्य हुन्छन्, इन्जिनियरहरूको संगठनमा जसरी ईन्जीनियरनै पदाधिकारी र सदस्य हुन्छन् लगायत जुन पेशाको संगठन हो त्यो पेशा अपनाएकाहरुनै सदस्य बन्न पाउने व्यवस्था हुन्छ । त्यसरीनै पत्रकार महासंघ विशुद्ध पत्रकारिता गर्नेहरूकै छाता संगठन हुनु आवश्यक छ अन्यथा यसको गरिमा र मर्यादा बचाउन निकै कठिन हुनेछ ।
हाम्रो समाजमा एउटा कहावत छ,‘सत्य बोल, प्रिय बोल । अप्रिय छ भने सत्य पनि नबोल’ । तर, पत्रकारिताको सिद्धान्त अलि फरक छ । पत्रकारिताले सत्यनै बोल्नुपर्छ भन्ने मान्यता राख्छ ।
खराब प्रवृत्ति, संस्कार तथा संस्कृतिको निन्दा र असल पक्षलाई हौसला दिने काम पत्रकारकै हो । पत्रकारिता मेहनत, अध्ययन र अभ्यासको पेशा हो । यो पेशामा जति सिक्यो जति लेख्यो र जति बुझ्यो त्यत्तिनै बढि उज्जवल भविष्य छ । कलमको माध्यमले परिवर्तनको सपना कोर्ने यो पेशा निकै मर्यादित र असल हो । एक सच्चा पत्रकारका लागि पत्रकारिता मात्र पेशा नभई उसको ‘धर्म’ बन्न जान्छ । र आफ्नो धर्म सँग खेलवाड कोहीले गर्यो वा गर्ने आशय पनि राख्यो भने त्यो स्वीकार्न गाहे हुन्छ ।
पछिल्लो समय पत्रकारिता जस्तो बौद्धिक पेशालाई विकृत गर्ने र यसको मानमर्दन गर्ने काम चौतर्फी रुपमा भएको पाईन्छ । यो पेशालाई हतियार बनाएर समाजको भलो भन्दा कुभलोका लागि प्रयोग गर्न थालिएको छ । पत्रकारिताको सामान्य सिद्धान्त समेत नजान्नेहरु पनि यस पेशामा नामधारी बन्न लालायीत हुन्छन् ।
समाजले पत्रकारलाई दिएको सम्मान र प्रतिष्ठाको गलत प्रयोग र अवसरहरुको दुरुपयोग गर्नकै लागि अन्य पेशामा भएर पनि पत्रकारिताको आवरणमा थुप्रै ‘गैरपत्रकारहरु ’ समाहित हुन खोजेका छन् ।
अहिले एउटा भनाई निकै चर्चित भएको छ ,‘ अहिलेका पत्रकारहरु लेख्न बाहेक सबै काम गर्छन् ।’
पत्रकारितानै नगर्नेहरुलाई पनि पत्रकार हो भनि प्रमाणित गर्ने काम पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले वर्षौदेखि गर्दै आएको छ । महासंघमा हुने निर्वाचनको बेला निर्वाचित हुनकै लागि मतदाता बढाउन पत्रकारिताको ‘प’ समेत नजान्नेहरुलाई पनि महासंघको सदस्य बनाउने काम विगतमा भएको छ । पत्रकार भएर महासंघमा पदाधिकारी भएकाहरुले आफ्ना नातेदार,आफन्त, टोल छिमेकका साथी, अन्य पेशामा लागेका व्यक्तिहरु, हितेशी र एतिसम्म कि राजनीतिक दलका पदाधिकारी र जातिय अगुवाहरुलाई समेत महासंघका सदस्यता प्रदान गरेका छन् ।
भागभन्डाका आधारमा सदस्यता बाँडेका महासंघका लागि अहिले आफ्नै सदस्यहरु घाँडो भएका छन् । पत्रकारिता गर्ने भन्दा नगर्नेहरुको जमात महासंघमा धेरै छ । जसले गर्दा कुनै पनि अवसर आयो भने त्यो पत्रकार भन्दा यस्ता गैरपत्रकारहरुले बढि पाउने गर्छन् । पत्रकारिता गर्नेहरुका लागि महासंघ नभए पनि हुने भयो तर, पत्रकारनै नभएकाहरुका लागि यो संस्था आवरण बनेको छ जसबाट उनीहरु कहिल्यै हट्न चाहदैंनन् ।
पछिल्लो समय नेपाल पत्रकार महासंघले आफ्नै भित्र शुद्धिकरण गर्न खोजेको छ । पत्रकारिता बाहेक अन्य पेशा अंगालेकाहरुलाई आफ्नै पेशामा फर्किन र महासंघलाई विशुद्ध पत्रकारहरुकै संस्था रह्न दिन महासंघको यो अभियान सराहनिय हो । तर, आफैंले सम्मान दिएर बनाएका सदस्यहरुलाई गैरपत्रकार भन्नु कम्ता ठूलो आँट होइन् । अर्को तर्फ पत्रकारिताको खोल ओढेर महासंघको छातामुनी लुकेका अन्य पेशाकर्मीहरुका लागि पनि आफ्नो खोल उतार्नु चानचुने कुरो होइन् ।
पत्रकारिताकै कर्ममा लागेकाहरुको समाजमा पहिचान छ । तर, महासंघको निर्वाचनकै लागि सदस्य भएर बसेका र बेला बखत महासंघको कार्ड देखाएर फाईदा लिनेहरुलाई सदस्यता छाड्नु निकै कष्टकर बनेको छ । महासंघले बनाएको १५ बुंदे शुद्धिकरण मापदण्डलाई अक्षरशः पालना गर्नु सबै कलमजिवीहरुको कर्तत्वय हो । तर, जसले राजनीतिकै लागि आफ्ना श्रीमति, सालो, नातेदार, छर छिमेकी र हुदैं नभएकाहरुलाई पनि सदस्य बनायो तिनलाई यो सत्य अपाच्य भएको छ ।
वकिलहरुको संगठनमा जसरी वकिलनै सदस्य हुन्छन्, शिक्षकहरुको संगठनमा जसरी शिक्षकनै सदस्य हुन्छन्, ईन्जीनियरहरुको संगठनमा जसरी ईन्जीनियरनै पदाधिकारी र सदस्य हुन्छन् लगायत जुन पेशाको संगठन हो त्यो पेशा अपनाएकाहरुनै सदस्य बन्न पाउने व्यवस्था हुन्छ । त्यसरीनै पत्रकार महासंघ विशुद्ध पत्रकारिता गर्नेहरुकै छाता संगठन हुनु आवश्यक छ अन्यथा यसको गरिमा र मर्यादा बचाउन निकै कठिन हुनेछ ।
साभार – manika2020.blogspot.com
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |