राजविराज, १ असार । सप्तरीको प्रसिद्ध शक्तिपिठ कंकालिनी भगवती मन्दिर विकास समितिको अध्यक्षमा श्यामसुन्दर मण्डल नेतृत्वको टिम प्यानलसहित निर्वाचित भएका छन् ।
मण्डलले ५ सय ७६ मत प्राप्त गरि विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी निलेश कुमार झाले ४ सय ५५ मत प्राप्त गरे । मण्डल १ सय १२ मतान्तरले विजयी भएका छन् । यसैगरी उपाध्यक्षमा लक्ष्मण मण्डलले ५ सय २९ मत प्राप्त गरि विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कुन्दन कापैरले ५ सय २५ मत प्राप्त गरे ।
सचिबमा प्रभु कुमार मण्डलले ३ सय ८२ मत प्राप्त गरि विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी परशुराम यादवले ३ सय ५९ मत ल्याए । कोषाध्यक्षमा दिपेन्द्र यादवले ५ सय २७ मत प्राप्त गरि विजयी भएभने उनका निकटतम प्रतिद्वन्दी लक्ष्मण कुमार मण्डलले ४ सय २६ मत प्राप्त गरे ।
सदस्यहरुमा समेत मण्डल नेतृत्वको प्यानल विजयी भएको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ । कुल १५ सय ४४ जना मतदाता रहेको समितिको निर्वाचनमा १४ सय ४५ जनाले मतदान गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |