काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रस्वापा) का सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू आनन्दमोहन भट्टराई, विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउन र सपना प्रधान मल्लसहितको संवैधानिक इजलासले रिट निवेदन खारेज गरेको हो ।
राहदानी दुरुपयोगलगायतका विषय उठाउँदै रिट निवेदनमा रवि लामिछाने सांसद बन्न अयोग्य रहेको दाबी गर्दे अधिवक्ता युवराज सफलले गएको जेठ १० गते निर्वाचन आयोगसहितलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएको थियो ।
पहिलोपटक सांसद पद खारेज भएपछि रवि लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र लिई फेरि प्रतिस्पर्धा गरेर सांसद भएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |