राजबिराज, १५ असार । सप्तरी लगायत देशभर शुक्रवार आज असार १५ अर्थात् धान दिवस भव्यतापूर्वक मनाइएको छ । विगत वर्ष जसरी आज पनि रोपाइँ गरी दही च्यूरा खाएर असार १५ मनाइएको हो ।
आजको दिनलाई दही चिउरा खाने दिन पनि भनिन्छ । आजको दिन विशेष गरेर खेतमा धान रोपिन्छ । किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे गीतमा रमाउने पुरानो प्रचलन छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् ।
दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । सप्तरीको बिभिन्न स्थानमा २० औं राष्ट्रिय धान दिवसको अवसरमा अग्नि साईरकृष्णा सवर्ण गाउँपालिकामा कृषि ज्ञान केन्द्रको समन्वयमा विधिवत रूपमा धान रोपाइँको सुरुवात गर्दै धान दिवस मनाइएको ज्ञान केन्द्रका प्रमुख राजेन्द्र प्रसाद यादवले बताए ।
यसैगरी जिल्लाभरी नै सरकारी तथा गैर सरकारी संस्थाको आयोजनामा सामूहिक रुपमा धान रोपाइ गरी दही चिउरा खाएर धान दिवस मनाई रहेका छन् । सो अवसरमा ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादबले कृषिप्रधान देश भन्ने र कृषि क्षेत्रमा न्यून बजेट बिनियोजन गर्ने परिपाटीले कृषि क्षेत्रको अपेक्षित विकास हुन नसकेको बताए ।
उनले भने जिल्लामा भएको मलखाद, बिउँ, सिँचाइ, कर्मचारी अभाव र भौतिक पूर्वाधार तथा किसानहरूको समस्याले गर्दा कृषि उत्पादन सँगै विकास हुन नसकेको बताउनु भयो ।
उक्त अवसरमा कृषि ज्ञान केन्द्र राजबिराजले धान दिवसको अवसरमा सम्मान कार्यक्रमको आयोजना गरी मनाइएको छ । सो अवसरमा जेष्ठ कृषक अयोधी यादबलाई कदरपत्र तथा दोसला ओढाएर सम्मान गरिएको छ ।
यसैगरी तिलाठीकोईलाडी २ स्थित लौनियाँ कृषि शाखाको आयोजनामा पनि धान दिवस तथा दही च्यूरा खाने कार्यक्रम राखी दिवस मनाइएको कृषि शाखा प्रमुख उदयकान्त झाले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |