राजविराज । बिहार विमर्श र अटल मिथिला सम्मान भारतको राजधानी दिल्लीमा २०२३ जुलाई ९ मा हुने भएको छ । जसमा नेपालको मिथिला क्षेत्र र भारतका मैथिली भाषा-भाषी , राजनीतिज्ञ र बलिउड स्टारहरुको सहभागिता रहनेछ ।
सन् २००३ मा तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीले संविधानको आठौं अनुसूचीमा मैथिली भाषालाई संवैधानिक दर्जा दिएका थिए । उनको मृत्यु पछि, यो अटल मिथिला सम्मान मिथिला क्षेत्रका जनताको लागि गठन गरिएको थियो । यो समान कुनै पनि क्षेत्रमा राम्रो काम गर्नेलाई दिइन्छ । अटल फाउन्डेसन नामक संस्थाले हरेक वर्ष यो सम्मान प्रदान गर्दै आएको छ । नेपालको मिथिला क्षेत्रलाई पनि यसमा राखिएको छ ।
यसपटक सन् २०२३ का लागि नेपालबाट साहित्यकार तथा मैथिली अभियानकी करुणा झा र नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिलाई सम्मान गरिनेछ । जुलाई ९ मा दिल्लीको होटल ताज प्यालेसमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भारतका गृहमन्त्री अमित शाह द्धार दिइने आयोजक संस्थाले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |