राजबिराज, २० असार । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवले जिल्ला प्रहरी कार्यालयमा हाजिर भएकी छिन ।
आफू माथि लागेको आरोपको अनुसन्धान र न्यायिक प्रक्रियामा सहयोग पुर्याउनका लागि आफू सँग भएको नागरिकता प्रमाणपत्र लगायतका प्रमाणहरू सहित हाजिर भएकी छिन ।
उनले भनीन् आवश्यक अनुसन्धान तहकिकात लगायत अन्य प्रकिया गर्न अनुरोध साथ निवेदन सहित जिल्ला प्रहरी कार्यालयका सप्तरी इन्स्पेक्टर राजिव गिरी समक्ष उपस्थित भएकी बताइनँ । हाजिर हुनु अगाडि संचारकर्मिहरू सँग बोल्दै उपमेयर मिरा यादबले राजनीतिक चरित्र हत्या गर्ने दुषित मनसाय ले म लगायत मेरो परिवार भारतीय नागरिक रहेको कुरा झुठो हो । केही कृतिम र बनावटी भारतीय कागजात पेशगरी म लगायत मेरो लोग्ने समेतले जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई आफू माथि लगाएको आरोप झुठो हो ।
भारतिय देखाउन खोजेको र पेश गरेको भारतीय कागजातहरू कृतिम, बनावटी हो भनी बयान दिई आफूहरू नेपाली नागरिक नै रहेको प्रमाण समेत पेश गरिसकेको उपमेयर मिराले बताइनँ । आफु माथि लगाएको आरोप निराधार र झुठो रहेको र म सप्तरीको साबिक गाबिस मधवापुर ६ को बिशेश्वर बिराजी छोरी हु, यहाँ जन्मेको हुर्केको छोरी हु, हाल म डाकेनेश्वरी ६ मा मेरो विवाह भएको छ, म नेपाली नागरिक रहेको बताइनँ ।
यस अगाडि जिल्ला प्रहरी कार्यालयको नाममा उनी सहित पति महेन्द्रलाई विरुद्ध नागरिकता प्रकरणमा मुद्वा दर्ता सँगै पक्राउ पुर्जी जारी गरिएको छ । आइतबार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भए पछि उच्च अदालत जनकपुर राजविराज इजलासले जेठ ५ गते जिल्ला प्रहरी कार्यालयका नाममा आदेश दिएपछि मुद्दा दर्ता भएको थियो ।
डाक्नेश्वरी नगरपालिका ३ का कृष्णकुमार यादवले भारतीय नागरिक मीरा नेपालको नागरिकता लिई उपमेयरसमेत बनेको र प्रहरी, प्रशासनले मुद्दा दर्ता गर्न नमानेको भन्दै उच्च अदालतमा परमादेशको माग गर्दै रिट दायर गरेका थिए ।
सो रिटमाथि सुनुवाई गर्दै उच्च अदालतले यस्तो आदेश गरेको हो । निवेदक कृष्णकुमार यादव र विपक्षी जिल्ला प्रहरी कार्यालय राजविराज, सप्तरीसमेत भएको परमादेश रिट निवेदनमा विपक्षीमध्येका जिल्ला प्रहरी कार्यालय, सप्तरीका नाममा परमादेशको आदेश जारी हुने ठहरी अदालतबाट जेठ ५ गते आदेश भई उक्त आदेश अनुसार ३ गते प्रमाणीकरण गरि सरकारी वकिलमार्फत जिल्ला प्रहरी कार्यालयमा पत्र पठाएर मुद्दा दर्ता गरेको हो ।
उपप्रमुख मिराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको भन्दै २०७९ साउनमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको थियो । मिरा, महेन्द्रसहित उनीहरुका सन्तानले समेत झुठा विवरण पेस गरेर नागरिकता लिएको उजुरीमा उल्लेख छ । भारतको भोटर लिष्टमा समेत मिराको नाम रहेको दाबी उजुरीमा गरिएको छ ।
अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मिराले पेस गरेको शपथपत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाणसमेत उजुरीका साथमा समावेश गरिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |