राजविराज, २० असार । मैथिली साहित्य परिषद्का नवनिर्वाचित अध्यक्ष अबधेश कुमार झा लगायत कार्यकारिणी समिति सदस्यहरूले एक कार्यक्रम बिच पदभार ग्रहण गरेका छन् ।
असार २ गते सम्पन्न निर्वाचन बाट निर्वाचित भएका अध्यक्ष झा लगायत अन्य कार्यकारिणीक समिति सदस्यहरूले बुधबार १७ औं कार्यकारिणी समितिको रुपमा पदभार ग्रहण गरेका हुन् ।
कार्यकारिणी समितिको उपाध्यक्षमा राजकुमार लाल दास, सचिवमा ई. संजिव नारायण यादव, उपसचिवमा ललिता कुमारी झा र कोषाध्यक्षमा शोभिता दास रहेका छन् । यस्तै समितिको सदस्यहरूमा राजीव कुमार झा, पंकज कुमार झा, रमिला साह, गजेन्द्र कुमार मंडल, रवि कुमार राय र अजित कुमार झा रहेका छन् ।
उक्त कार्यक्रममा निर्वाचित कार्यकारिणी समितिलाई परिषदको निर्वाचन समितिको संयोजक श्याम सुन्दर झा र सदस्य विवेकानन्द मिश्रले प्रमाण पत्र प्रदान गरेका थिए भने निवर्तमान अध्यक्ष सतिश कुमार दत्तले नवनिर्वाचित अध्यक्ष झालाई सपथ ग्रहण गराए । यसैगरी नवनिर्वाचित अध्यक्ष झाले उपाध्यक्ष सहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |