काठमाण्डौं । नेपाली चलचित्रका उदाउँदा अभिनेता सारुक ताम्राकारको निधन भएको छ । बिहिबार राति रातो पुलमा स्थित रहेको निजि निवासमा झुण्डिएको अवस्थामा उनी मृत फेला परेका हुन् ।
अभिनेता सारुकले ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरि बाचेमा’ अभिनय गरेका छन् भने हाल ‘ ह्यासट्याग माया’ माफिल्म छायांकन भैरहेको छ ।
बिहिबार पनि सुटिङबाटै घर फर्किएर उनले राति आत्महत्या गरेको उनी निकट स्रोतले बताएको छ । उनी कलाकार सानुकुमार ताम्राकारका छोरा हुन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |