राजबिराज । मधेस, कोसी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज सोमवार भारी वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुने विभागको भनाइ छ । भारी वर्षाका कारण दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने देखिएको विभागले बताएको छ ।
त्यसैगरी आज देशका विभिन्न भू–भागमा पनि वर्षाको सम्भावना रहेको छ।आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।त्यसैगरी विभागका अनुसार आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।
आज हावाहुरी भारी वर्षा, मेघगर्जन तथा चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |