राजविराज । साहित्यकार तथा मैथिली अभियानकी करुणा झालाई २०२३ को अटल मिथिला सम्मान प्रदान गरिएको छ । भारतको राजधानी दिल्लीमा आयोजित एक कार्यक्रम बिच अटल फाउन्डेसन संस्थाले झालाई उक्त सम्मान प्रदान गरेको हो ।
झाका मैथिली कविता संग्रह ‘भगजोगणी’, कथा संग्रह ‘जीवनदान’, गजल सङ्ग्रह ‘फटल हृदय’ र गीत सङ्ग्रह ‘वीर सपूत मधेसके’, याद आबैए अपन गाम, बेटी पढाओस् बेटी बचाऊ लगायत प्रकाशित छन् । झाले सप्तरी क्षेत्रका विभिन्न मैथिली अभियानमा प्रमुख भूमिका निर्वाह गरेकी छिन् । यसका साथै झाले हिन्दीमा जीवन पथ पर चलते चलते, बोलना गुनाह हे र नेपालीमा ‘शंखघोष’ जस्ता पुस्तकहरू लेखेकी छिन् ।
अटल फाउन्डेसन संस्थाले यो समान कुनै पनि क्षेत्रमा राम्रो काम गर्ने मिथिला बासीलाई दिइन्छ । नेपालको मिथिला क्षेत्रलाई पनि यसमा राखिएको छ ।
दिल्लीको होटल ताज प्यालेसमा आयोजित कार्यक्रममा भारतीय राज्यसभाका उपसभापति हरिवंश राई सिंह प्रमुख अतिथिका रुपमा र भाजपाका राष्ट्रिय उपाध्यक्ष प्रभात झा लगायत विशिष्ट अतिथिको रुपमा रहेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |