काठमाण्डौ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले श्रीलङ्कामा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको लागि नेपाली क्रिकेट टोलीलाई आज सोमवार एक कार्यक्र बिच युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, क्यानका पदाधिकारीलगातयले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् ।
याे प्रतियोगिता यही असार २८ गतेदेखि साउन ७ गतेसम्म हुँदैछ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा पाकिस्तान ‘ए’ , भारत ‘ए’ र यूएई छन् । त्यस्तै समूह ‘बी’ मा आयोजक श्रीलङ्का ‘ए’, बङ्गलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र ओमान रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेल पाकिस्तानकाे ‘ए’ टोलीसँग असार २९ गते, दोस्रो खेल साउन १ गते भारत ‘ए’ सँग र समूह चरणको अन्तिम साउन ३ गते यूएईसँग खेल्नेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, देव खनाल, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, श्याम ढकाल, सूर्य तामाङ, पवन शर्राफ र सन्दिप जोरा छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |