राजविराज । विशेष अदालतले सप्तरीको बलान विहुल गाउँपालिकाकी निर्वतमान उपाध्यक्ष रुवी गुप्तासहित ९ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
अख्तियारले उनीहरूविरुद्ध २०७९ वैशाख ४ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । वडा नम्बर ४ को वडा कार्यालय भवन निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो । सो मुद्दामा उनीहरूलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।
बलान विहुल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महेशकुमार यादव, योजना शाखा प्रमुख रमेश मरिक यादव, प्राविधिक शाखा प्रमुख सबइन्जिनियर सन्तोषकुमार रजक र सहलेखापाल सुभाष चन्द्र लाललाई पनि दोषी ठहर गरेको छ ।
वडा नम्बर ४ को कार्यालय भवन निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष सुशीलकुमार यादव, कोषाध्यक्ष रम्भादेवी यादव र सचिव शिवशंकर मण्डलले फिल्डको कार्यभन्दा बढी मूल्यांकन गरी कार्यसम्पन्न भयो भनी सम्झौताविपरीत कार्य गरी भुक्तानी माग गरेको अख्तियारको दाबी छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |