राजविराज, १ साउन । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-७ स्थित लक्ष्मी वल्लभ नर्सिङ्ग माध्यमिक विद्यालयको छेउमा खनिएको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय महादेव खंगको ८ वर्षीय छोरा गोविन्द खंग रहेको प्रहरी चौकी को. बर्साईनका इन्चार्ज प्रहरी नायब निरीक्षक रमेश सिंहले जानकारी दिए ।
खेतमा धान रोप्न गएका आमासँगै उक्त ठाउँ पुगेका बालक विद्यालयको पूर्वाधार निर्माण कार्य गर्ने क्रममा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको स्थानीयले जनाएको छ ।
विद्यालयको पर्खाल निर्माणका क्रममा जेसिवीले खनिएको खाल्डो बेवारिसे अवस्था छोड्दा बालकको मृत्यु भएको बालकका आफन्तले आरोप लगाएका छ्न । विद्यालय प्रशासनको लापरबाहीले बालकको ज्यान गएको आक्रोशित स्थानीय हरुले विद्यालयमा तोडफोड गर्ने प्रयास समेत गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |