राजविराज, २ साउन । सर्पले टोकेर सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा एक जना महिलाको मृत्यु भएको छ ।
मंगलबार राती आफ्नै घरमा कन्तिमा राखेको सुपारी झिक्ने क्रममा सर्पले टोकेर अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर-२ भुर्की बस्ने नाथु चौधरीको श्रीमति ४० बर्षिया ललितादेवी चौधरीको ज्यान गएको हो ।
सर्पले टोकेको थाह हुनसाथ सर्पदंश उपचार केन्द्र कल्याणपुर उपचारको लागी भर्ना गर्यौ, उनले भने, त्यहाँ उपचार नभएपछि धरान रिफर गरिदियो, विमारी अवस्था गम्भीर भएपछि ठेलिया स्थित धर्मेश्वर अस्पतालमा देखाउँदा राजविराज लान सल्लाह दिएपछि गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकले मृत घोषणा गरे ।
मृतक चौधरीको श्रीमान १४ बर्षिय १ छोरा र १० बर्षिया एक छोरी छिन । उनको श्रीमान सुस्त मनस्थितिको भएकाले परिवारको भरणपोषण उनले गर्दै आएकी थिइन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |