राजबिराज, ४ साउन । सेभद सप्तरी र सेभद चिल्ड्रेनको संयुक्त साझेदारीमा समुन्नति कार्यक्रम अन्तर्गत सञ्चालित तीन दिने बालभिते पत्रिका प्रकाशन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
बिहीवार राजबिराज स्थित पबिमाबि राजबिराजको सभाहलमा राजबिराज अन्तर्गत ८ वटा बाल कल्वका बालबालिकाहरू बिच तीन दिने तालिम सम्पन्न भएको हो ।
तीन दिन सम्म संचालन भएको बालभिते पत्रिका तालिम पश्चात् हामीहरूले आफ्ना गाउँठाउँका समस्याहरूलाई बालभिते पत्रिका मार्फत समुदायमा उजागर गर्न समुदायका मानिसहरू सचेत, शिक्षित र सबल बनाउन सघाउ पुगने सहभागी छात्रा अन्जली यादबले बताइन ।
पत्रिका नपुग्ने ठाउँमा यस बालभिते पत्रिकाले त्यस समुदायका लागि उपयोगी सँगै समुदायको विकासको लागि आवश्यक सन्देश पुर्याउन, बाहिर को समाचार र जानकारी समुदायमा पुऱ्याउन र बाहिर बाडन र लैजान बालभिते पत्रिकाले प्रभावकारी भूमिका खेल्ने तालिमका सहजकर्ता तथा पत्रकार चन्दनकुमार यादबले बताए ।
यस बालभिते पत्रिका निकाल्न सजिलो र सस्तो पर्नु को साथै बालबालिकाको क्षमता तथा लेखन सीपको विकास हुनेछ भने एकातिर समुदायमा सूचनाको पहुँच बढाउनुको साथै समाजमा जरा गाडेका कुरीति, अन्धविश्वास, अनियमितता, भष्ट्राचार हटाउन र विकासका सन्देश फैलाउन ठुलो मदत पुगने सेभद सप्तरीका राजिव चौधरीले बताए ।
बालभिते पत्रिकाको उत्पादन, सम्पादनमा बालबालिकाहरूको संलग्नताले पत्रिकाको उपयोगिता र प्रभाव बढाउने बताए । सो तालिममा पालिकाको विभिन्न बाल कल्वहरूवाट २५ जना सदस्यहरूको सहभागिता रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |