सप्तरी । जनमत पार्टीले शिवचन्द्र कुशवाहासहित पाँच जना नेता–कार्यकर्तालाई कारबाही गरेको छ ।
कुशवाहा बारा–२ मा जनमतबाट उम्मेदवार थिए । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख दिपककुमार शाहले जारी गरेको प्रेस विज्ञप्ति अनुसार कुशवाहालाई पार्टी विरोधी गतिबिधि तथा नेतृत्वको विरोधमा गुटबन्दी गर्दै विभिन्न क्रियाकलापमा संलग्न भएको भन्दै साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो ।
यस्तै सप्तरीका गुलाब मण्डल, शंकर खड्गा, रुपन्देहीका भोपेन्द्र यादव र कपिलवस्तुका भगवान दास यादवलाई अनुशासन उल्लंघन गरेको आरोपमा कारबाही गरिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |