राजविराज, ६ साउन । सप्तरीको राजविराजबाट प्रकाशित हुने क्रान्ति केन्द्र दैनिक पत्रिकाको प्रथम बार्षिकोत्सवमा बिरामीलाई फलफूल बितरण गरेको छ ।
शनिवार राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालका इमर्जेन्सी र एचडीयु वार्डमा रहेका ४० जना बिरामीहरूलाई फलफूल वितरण गर्दै क्रान्ति केन्द्रकले वार्षिकोत्सव मनाएको हो । पत्रिका प्रकाशन सुरु भएको एक वर्ष पुरा भएको उपलक्ष्यमा फलफूल वितरण गर्दै उत्सव मनाइएको पत्रिकाका व्यवस्थापन टिमका विपिन यादवले बताए ।
‘यस एक वर्षको अवधिमा चुनौतीहरू नआएको होइन्, आर्थिक संकट, जनशक्ति अभावदेखि व्यवस्थापनसम्मा समस्या आएकै हो ।’ उनले भने, यद्यपि स्रोत साधनको अभावको प्रभाव कुनै किसिमले समाचारहरूमाथि पर्न नदिन हामी सदैव तत्पर रह्यो र रहने छौं ।’
उनले कुनै पनि परिस्थितिमा समाचारको सत्यतामा कम्प्रोमाइज नगर्नेमा आफ्नो टिम दृढ रहेको बताए । ‘हामी थप स्रोत साधनको व्यवस्था गरि पत्रकार आचारसंहिताको पूर्ण रुपमा पालना गर्दै बढी भन्दा बढी सुचना यहाँहरु समक्ष पुर्याउने लक्ष्यमा लागेका छौं ।’ उनले भने, हामी सदैव जनहितको लागि काम गरिरहने छौं ।
उक्त अवसरमा उनीहरूले पाठक र शुभेच्छुकप्रति आभार व्यक्त गर्दै समाचारको विषयमा विचार साट्दै रह्नन आग्रहसमेत गरे । उक्त अवसरमा क्रान्ति केन्द्रको व्यवस्थापक टिमका राजकुमार साह, दिपेन्द्र यादव, संचारकर्मी चन्दन यादव, अस्पतालका चिकित्सकहरू, स्थानीय औषधि व्यवसायी राजेश रंजन लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |