राजबिराज, ६ साउन । ४१ औ बि.पि स्मृति दिवसको अवसरमा राजबिराजमा वृक्षारोपण गरी मनाइएको छ । शनिवार राजबिराज स्थित राजदेवी माबि प्राङ्गणमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति तथा राजबिराज नगरपालिकाको आयोजनामा वृक्षारोपण गरी मनाएको हो ।
सो अवसरमा मधेश प्रदेश सभा सदस्य निलम रजकको उपस्थितिमा विभिन्न जातको बोटबिरुवा रोप्दै दिवस मनाइएको नेपाली काँग्रेस राजबिराज २ वडा सभापति इन्द्रनारायण देव जानकारी दिए । यसैगरी स्व. बिपीको सम्झना सप्तरी जिल्ला कार्य समिति द्वारा बुद्धिलाल दिद्या मुनर नमुना माध्यमिक बिधालय कठौना सप्तरी मा वृक्षारोपण गरिएको छ ।
त्यस्तै कदमाहा चौक स्थित बिपिको शालिकमा माल्यार्पण र हनुमाननगर कंकालिनी नगरपालिकाको मधवापुर माबि प्राङ्गणमा वृक्षारोपण गरि मनाइएको छ, भने जिल्लाको सबै निवार्चन क्षेत्रमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
सो अवसरमा जिल्ला समन्वय समिति अध्यक्ष शिवनारायण साह, नेपाली कांग्रेसका जिल्ला सभापति रामदेव साह, संगठन प्रमुख बद्री नारायण महात्मान, जिल्ला उप सभापति रामकुमार यादब, तिलाठी गाउपालिका अध्यक्ष अरूण मण्डल, जिल्ला सदस्य शंभु लाल देव, नीति तथा प्रशिक्षण प्रतिष्ठान जिल्ला सचिव बिरेन्द्र चौधरी, ट्रेड युनियन अध्यक्ष मनोज मण्डल, राधेश्याम यादब, राजदेबी ठाको देवी जोगेन्द्र भगत माबि व्यवस्थापन समिति अध्यक्ष डम्वर नारायण यादब, नेबि संघ जिल्ला अध्यक्ष राकेश ठाकुर, तरूण दल जिल्ला सचिव रबिन्द्र गोईत, स्वास्थ्यकर्मी योगेन्द्र सेठ, राजबिराज ८ वडा सभापति मनोज दास लगायतको सहभागिता रहेको थियो।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |