राजबिराज । नेपाल लाइफ नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेशका वरिष्ठ एजेन्सी मेनेजर मोकेन्द्र यादब मधेश प्रदेशको उत्कृष्ट स्थानमा पर्न सफल भएका छन ।
नेपाल लाइफ इन्स्योरेन्स क. लि. आ.व ०७९/८० अन्तर्गत नेपाल अधिराज्य भरि कार्यरत जम्मा २ लाख १३ हजार अभिकर्ता बिच व्यक्तिगत कोड तर्फ टप ५० भित्र मधेस प्रदेशको उत्कृष्ट स्थानमा पर्न सफल भएको हो ।
सो अवसरमा बरिष्ठ एजेन्सी म्यानेजर मोकेन्द्र यादवले यस स्थानसम्म आइपुग्ने क्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ र सहयोग, सल्लाह सुझाव, हौसला र मार्गदर्शन दिनु हुने सम्पूर्ण बिमितहरूलाई धन्यवाद दिएका छन् ।
उनले भने कम्पनीका मधेश प्रदेश प्रमुख अमरेन्द्र कर्ण, सिरहा मिर्चैयाको प्रमुख जय कुमार दत्त, गणेशलाई पनि विशेष धन्यवाद ज्ञापन गरेका छन् ।
यस अगाडि पनि मोकेन्द्रले नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेशका अभिकर्तामध्ये अभिकर्ता सम्बन्धी अन्तर्राष्ट्रिय प्लेटफर्म उत्कृष्ट ‘एमडीआरटी’ विजेता बनी सम्मानित भइसकेको छ ।
यादब एमडीआरटी हुन व्यक्तिगत कोडमा एकल बीमा शुल्क बाहेक ३७ लाख ९२ हजार ३०० रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नुपर्ने लक्ष्य तोकिएको थियो ।
त्यस मध्ये मधेश प्रदेशका उत्कृष्ट ‘एमडीआरटी’ विजेता मोकेन्द्र यादब व्यक्तिगत कोडमा एकल बीमा शुल्क बाहेक ६४ लाख ७१ हजार ४ सय ५२ रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्न सफल भएका थिए ।
उनी प्रदेशमा बिमा क्षेत्रको प्रेरणाको स्रोत नै बनेका छन् । उनले भने “मेरो मिहेनत र लनगसिलताकै कारण यो सम्मान पाएको हुँ । सम्मानले अझै आफ्नो कामप्रति अपनत्व र जिम्मेवारी थपिएको महसुस गरेको छु” । मलाई माया र विश्वास गर्नुहुने सबैलाई धन्यवाद दिन्छु। जीवन बिमा गर्ने र गराउने दुवैको भविष्य उज्वल रहेको उनको भनाइ छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |