राजविराज, ८ साउन । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवले सप्तरी जिल्ला अदालतमा १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकी छन् ।
सोमबार जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले उपमेयर मीरालाई १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । गत असार १९ गते पक्राउ पुर्जी जारी भएपछि २० गते उनी प्रहरीसमक्ष उपस्थित भएकी थिइन् ।
जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उजुरी गरेको ८ महिना ९सो बेला० वितिसक्दा समेत कारबाही प्रक्रिया अघि नबढेको बन्दै सोही नगरपालिका–४ का ३५ वर्षीय कृष्णकुमार यादवले वारेस राजविराज नगरपालिका–९ का ५७ वर्षीय परमेश्वर यादवमार्फत उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
गत साउनको दोस्रो साता कृष्णले जिल्ला प्रशासन कार्यालयमा गरेको उजुरीअनुसार उपमेयर मीरा र उहाँका पति महेन्द्र भारतको बिहार राज्य अन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी हुन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |