राजविराज, ९ साउन । सप्तरीको अग्नि साईर कृष्णा सवरण गाउँपालिका वडा नम्बर- २ स्थित ईटहर्वा (मण्डल) टोलमा एक महिलाको शव झुन्डिएको अबस्थामा फेला परेको छ ।
स्थानीय नागेश्वर मण्डलको २० बर्षिय श्रीमति आरती कुमारी शर्मा मण्डलको मगलबार विहान झुन्डिएको अबस्थामा शव फेला परेको हो ।
आफ्नै भान्साघरको बलोमा आफुले लगाएकी सारीको पासो लगाई झुन्डिएको अबस्थामा आरती मृत भेटिएको प्रहरीले जनाएको छ । नागेश्वर दिदिको घर पाहुना गएको बेला आरती झुन्डिएर आत्माहत्या गरेको स्थानीयले जनाएको छ ।
नागेश्वर र आरतीको दुई महिना अगाडि मात्र विबाह भएको थियो । घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |