राजविराज, १० साउन । मुद्दा मिलाइदिने नाममा पीडितका अगुवाहरुले पीडितसँग् रकम असुल्न थालेको खुलेको छ । मिटर व्याज पीडित संघर्ष समितिका सचिव रहेका छेदी पासवानले पीडितसँग रकम असुलेका हुन् ।
पीडितमध्येकी शम्भुनाथ नगरपालिका वडा नम्बर ६ निवासी सदिना खातुनले आफ्नो मुद्दा चाँडै टुंग्याइदिने नाममा पासवानले आफू सगं पटक–पटक गरी रु २० हजार लिएको बुधबार राजविराजमा पत्रकार सम्मेलनमा सो कुरा बताइन् । खातुनले भनिन गाउँकै गोपाल प्रसाद साह सँग जग्गा धितो राखी टेलर्स खोल्न रु २ लाख ऋण लिएकोमा रु ५ लाख दिइसक्दा पनि साहले आफ्नो जग्गा बेचिएपछि समस्यामा परेको बताइन् ।
यसबारेमा जिल्ला प्रशासन कार्यालयको मिटर व्याज कक्षमा निवेदन दिँदा प्रहरीले साहलाई बोलाएर केही नगरी छाडिदिएको बताइन् । यसपछि मिटरब्याज पीडित संघर्ष समितिका सचिव पासवानले मुद्दा टुंग्याइदिने नाममा २ पटक ५/५ हजारका दरले र एक पटक रु १० हजार लिएको बताइन् ।
अहिले मिटरब्याज पीडित संघर्ष समितिका नेताहरू पीडितको पक्षमा बोल्दैनन् उनीहरूले धनीकै कुरा बोल्न थालेको पत्रकार सम्मेलनमा आरोप लगाएका छन्, मिटरब्याज पीडित संघर्ष समितिका सदस्य प्रमोद रानाले भने, ‘संघर्ष समितिका सचिव छेदी पासवान धनीकै कुरा बोल्न थालेको आरोप लगाए ।
पीडितहरूले प्रशासन कार्यालयले पीडितको कुरा नमानी साहु महाजनकै कुरा बढी सुन्न थालेको आरोप समेत लगाए, उनीहरूले भने आफूहरूले न्याय नपाए चरणबद्ध आन्दोलन शुरु गर्ने बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |