राजविराज, १२ साउन । हटिया भित्र अतिक्रमण गरी बनाएको संरचना खाली गर्न राजविराज नगरपालिकाले शुक्रबारदेखि डोजर लगाएर भत्काउन सुरु गरेको छ ।
पालिकाले सूचना जारी गरेर पनि खाली नगरिएको भन्दै संरचना स्काभेटर लगाएर भत्काउन सुरु गरिएको हो । शुक्रबार वडा नम्बर ७ स्थित हटिया क्षेत्रमा अतिक्रमण गरी बनाएका टहरा तथा अन्य संरचना भत्काउन थालिएको नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष सुभाष यादबले जानकारी दिएका छन् ।
आग्रहका बाबजुद पनि नहटाएपछि शुक्रबार स्काभेटर लगाएर भत्काउन थालिएको राजविराज नगरपालिकाले जनाएको छ ।
कार्यवाहक नगरप्रमुख प्रवीणले यस अघि पनि तीन पटक सूचना जारी गरी अतिक्रमित स्थान खाली गर्न आग्रह गर्दा पनि अटेर गरेको र अन्तिम पटक खाली गर्ने समय दिँदा पनि खाली नगरिएका कारण बाध्य भई स्काभेटर लगाउनु परेको बताईन् । कार्यबाहक नगरप्रमुख परविन ३ वटा स्काभेटरसहित कडा सुरक्षा विच हटिया क्षेत्रको ८७ बटा अबैध संरचना भत्काईएको उनले जानकारी दिईन ।
नगरपालिकाको जग्गा अतिक्रमण गरि बनाएको अबैध संरचना हटाउने अभियान जारी रहने कार्यबाहक नगरप्रमुख परविनले बताइन् ।
शुक्रबारै विहान हटियावासीका तर्फबाट पत्रकार सम्मेलन गरी हाटबजार संरक्षण संघर्ष समितिका संयोजक मनोजप्रसाद साहले हटियामा सपिंग कम्प्लेक्स निर्माण गर्न भनि नगरपालिकाले वर्षौं अघि सुरु गरेको निर्माण कार्य अहिलेसम्म अधुरो राखेका कारण पहिला त्यसलाई पूरा गरेर मात्र अतिक्रमण हटाउनु पर्ने बताएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |