राजविराज । खुल्ला रुपमा मिसावट गरी बोतलमा पेट्रोल बेच्ने एक जना सप्तरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्बर १ डुमरी बस्ने गुलाम मियाँ रहेको छ ।
मियाँले आफ्नो किराना किराना पसलमा अबैध रुपमा पेट्रोल राखी बजारभन्दा बढी मूल्यमा बिक्री गरी कालोबजारी गरिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेका मियाँलाई सप्तरी जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान गरिरहेको छ । उनलाई कालो बजारी गरेको आरोपमा साउन ९ गते मंगलबार नियन्त्रणमा लिएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |