राजविराज, १४ साउन । सप्तरीको राजविराज नगरपालिकाले सडक क्षेत्र भित्र परेको संरचना खाली गर्न सात दिने सूचना जारि गरेको छ ।
आइतबार नगरपालिकाले एक सूचना जारी गर्दै वडा नम्बर ६ र ७ मा हुलाकी राजमार्ग अन्तर्गत राम मन्दिरदेखि छिन्नमस्ता डेरीसम्म सडकमा परेको संरचना हटाउन भनेको छ ।
सडकको सेन्टर प्वाइन्ट देखि ९ मिटर उत्तर र ९ मिटर दक्षिण तर्फ परेको घर, टहरा लगायत कुनै किसिमले ओगटेको क्षेत्र खाली गर्न सूचनामा भनिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |