सप्तरी, १४ साउन । सप्तरीको कञ्चनरुप नगरपालिकाको कञ्चनपुर नगर अस्पतालमा एक युवकको मृत्यु भएको छ ।
अस्पतालमा भर्ना भएका सप्तरीको सप्तकोसी नगरपालिका वार्ड नम्बर ९ घर भएका रामदेव खंगको छोरा वर्ष १६ को ओम प्रकाश खङ्गको उपचारकाको क्रममा मृत्यु भएको हो ।
ज्वरो आए पछि उपचारका लागी अस्पतालमा अइतबार बिहान ११ बजे तिर भर्ना भएका खङ्गलाई अस्पतालले साढे ४ बजे मृत्यु भएको घोषणा गरेको थियो ।
उपचारमा संमलग्न डाक्टर संजय गुप्ताले आफु हिजो देखि विदामा बसेको र अन्तिमसमयमा मात्रै मैले उपचार गरेको बताए । डाक्टर गुप्ताले मृत्युको कुनै कारण उल्लेख गरेनन् । २ बजेपछि आकस्मिक कक्षमा डियुटीमा आएका डाक्टर उदय चौधरीले पनि मृत्युको कारण बताउन चाहेन् ।
यता अस्पतालमा कार्यरत डाक्टरहरूले समयमा उपचारमा ध्यान नदिएको कारणले मेरो छोराको ज्यान गएको मृतकका बुवा रामदेव खंगले आरोप लगाउदै दोषीलाई हदैसम्मको कार्यवाहीको माग गरेको छ ।
मृत्यु पश्चात अस्पतालमा आक्रोशित भिडले ढुङ्गा प्रहार गर्दा अस्पतालमा समान्य क्षति समेत भएको छ । एक हप्ता अगाडी मात्रै अस्पतालमा म्याद सकिएको औषधी वितरण गरिएको घटना पनि बाहिरिएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |