राजविराज, १६ साउन । वैद्य -प्रकाश मानवअधिकार पुरस्कारबाट एक कार्यक्रम बिच नागरिक समाजका थानसिँह भन्साली पुरस्कृत भएका छन ।
मानव अधिकारकर्मी प्रकाश काफ्लेको ३१ औं स्मृति दिवसको अवसरमा राजविराजमा आयोजित कार्यक्रममा ८ औं बैद्य(प्रकाश मानव अधिकार पुरस्कारबाट थान सिंह भन्साली सम्मानित भएको हो ।
वैद्य पुरस्कार मानवअधिकार कोषले मंगलबार आयोजना गरेको उक्त कार्यक्रममा मैथिली साहित्य परिषद्को समन्वयमा स्वर्गिय उर्मिलादेवी झा मैथिली गित गायन पुरस्कार कंचन झालाई प्रदान गरिएको छ । दुवै पुरस्कारका संस्थापक पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष पत्रकार स्वतन्त्रता सेनानी वैद्यानाथ झा हुन् ।
उनकै अध्यक्षतामा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि मानवअधिकार आयोगको सदस्य मिहिर ठाकुरले दुवैजनालाई पुरस्कार हस्तान्तरण गरे ।
सामाजिक काममा सधैं सक्रिय रहेको थान सिंह र मैथिली गित गायनमा सक्रिय रहेकोले कंचनलाई उक्त पुरस्कार प्रदान गरिएको जनाइएको छ ।
मानवअधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेलले संचालन गरेको उक्त कार्यक्रममा राजविराज नगरपालिकाकी कार्यबाहक नगर प्रमुख इसरत परविन, नेपाल पत्रकार महासँघ सप्तरी अध्यक्ष श्रवण देव, मैथली साहित्य परिषदका अध्यक्ष अबधेश झा, लगायतले बोलेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |