काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरिएको छ । बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
अहिले हरिकृष्ण कार्की प्रधानन्यायाधीश छन् । उनको साउन २० गते समयावधि सकिँदैछ । त्यसअघि नै परिषदको बैठकले श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरेको हो । श्रेष्ठ ३१ औं प्रधानन्यायाधीश हुनेछन् ।
संसदीय सुनुवाइबाट अनुमोदन भए उनी राष्ट्रपतिबाट प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् । प्रधानन्यायाधीश नियुक्त भए उनको कार्यकाल एक वर्ष २ महिनाको हुनेछ। उनले २०८१ साल असोजको २० गते ६५ वर्षे उमेरहदका कारण अवकास पाउने छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |