राजविराज, १८ साउन । श्रावण १५ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार मनोहर पोखरेललाई कुटपिट गर्नै असई निलम्बन पत्र सम्बन्धमा महासंघले कार्यसमितिको बैठकबाट टुंग्याउने भएका छन् ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सल्लाहकार पोखरेललाई कुटपिट गर्नै असई राजेश्वर महतोलाई जिल्ला प्रहरी कार्यालयले निलम्बन गर्नै पठाएको पत्र बमोजिम महासंघले कार्यसमितिको बैठक पछि निर्णय लिने सचिव राम नारायण विश्वासले जानकारी दिए ।
पत्रकार पोखरेललाई कुटपिट गर्नै असईलाई तिन दिन भित्र कार्वाही गर्नै प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले गरेको प्रतिवद्धता अनुसार महासंघलाई दिएको पत्र बमोजिम चित बुझे नबुझे सम्बन्धी कार्यसमितिमा छलफल पछि निर्णयमा जाने सचिव विश्वासले जानकारी दिए ।
घटनाबारे जानकारी पाए पश्चात नेपाल पत्रकार महासंघका एक टोली जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेर प्रहरी प्रमुख एसपी कार्कीलाई पत्रकार पोखरेलमाथि कुटपिट गर्ने असई महतोमाथि कारबाही गर्न माग गरेका थिए । घटना सम्बन्धमा प्रहरी प्रमुख एसपी कार्कीले जिल्ला प्रहरीको तर्फबाट क्षमा याचना गर्दै कुटपिट गर्ने असई महतोमाथि कानून बमोजिम तीन दिनभित्र कारबाही गर्ने प्रतिबद्धता गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |