काठमाडौँ, १९ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । शुक्रबार पत्रकार सम्मेलन गरेर उनले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन् ।
उनले एकै वर्ष नेपालको तीन वटा उमेर समूह (यू-१५, यू-१७ र यू-१९) सहित राष्ट्रिय टिममा परेर कीर्तिमान बनाएका थिए । सिनियर राष्ट्रिय टिममा डेब्यू भने उनले सन् २००६ मा नामिबियामा गरे ।
२०७६ साल कात्तिकमा उनी नेपाली राष्ट्रिय टोलीको कप्तान बनेका उनले २०७८ मंसिरसम्म कप्तानी सम्हालेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |