राजबिराज, १९ साउन । सप्तरीका प्रतिष्ठित संस्था आइडियल सहकारीले २४ बर्स पार गर्दै २५ वर्षमा प्रवेश गर्दै रजत जयन्ती सहित स्थापना दिवस समारोह मनाइएको छ ।
शुक्रवार राजबिराज स्थित आइडियल संस्थाको सभाहलमा आफ्नो सेवालाई निरन्तरता दिइदै निरन्तर सेवाको २५ औ वर्षमा प्रवेशको अवसरमा केक काटेर दिवस मनाएका छन् । सो अवसरमा राष्ट्रिय सभा सदस्य शेखर कुमार सिँह र संस्थाका अध्यक्ष गणेश आशले संयुक्त रूपमा संस्थाको २५ वर्षको अवसरमा केक काटेर स्थापना दिवस मनाएको हो ।
उक्त अवसरमा राष्ट्रिय सभा सदस्य शेखर कुमार सिँहले आइडियल सहकारी संस्थाले २५ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना दिइदै निरन्तर रूपमा समाजको आर्थिक र समाजप्रति प्रति उत्तरदायी भई समाजको विकासमा सहयोगको भूमिका निर्वाह सँगै समुन्नत सहकारी बनोस शुभकामना दिनु भएको छ ।
यसैगरी मधेश प्रदेश सभा सदस्य सतिश सिँहले ब्यक्तीको स्वार्थमा धेरै संस्था डुबेकोले आइडियल संस्था सप्तरीमै स्थापित संस्थाले समाजिक विकासको, र आर्थिक पहुँचमा पुर्याएको योगदानको चर्चा गरे ।
राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत प्रविणले आइडियल सहकारीले राजबिराज सहित सप्तरीको आर्थिक विकासमा पुर्याएको योगदानको प्रशंसा गरेकी छिन ।
गैसस महासँघका केन्द्रीय उपाध्यक्ष ध्रुव देवले आइडियल सहकारी सर्वसाधारणको आशा विश्वास भरोसा भएको संस्था हो, समाजका निम्न बर्गको आर्थिक उन्नतिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उक्त अवसरमा संस्थाका अध्यक्ष गणेश आशले आर्थिक बर्ष ०७९/८० को ४ करोड ३५ लाख ७१ हजार ७ सय ११ रुपैयाँ ४८ पैसा खुद मुनाफा गरेको प्रतिवेदन प्रस्तुत गरेका छन् । त्यस्तै कुल ११ करोड ३० लाख ४ सय शेयर पूँजी रहेको यस सहकारी संस्थाले आफ्ना सदस्यहरूबाट ८५ करोड ९० लाख ३८ हजार ७ सय ७८ रुपैयाँ ८५ पैसा निक्षेप संकलन गरेको अध्यक्ष गणेश आशले बताए ।
यसैगरी संस्थाले १ हजार २ सय ८३ जना ब्यक्तीलाई कुल ८१ करोड ३६ लाख ७९ हजार ८ सय ५८ रुपैयाँ ६७ पैसा श्रृण लगानी गर्दै कुल १ अर्ब २० करोड ३९ लाख ४५ हजार ७ सय २९ रुपैयाँ ६३ पैसाको वासलात प्रस्तुत गरेको छ।
अध्यक्ष आश ले ६० वर्ष भन्दा बढी जेष्ठ सदस्य बचतकर्ताहरूलाई ध्यानमा राखी न्यूनतम मौज्दात १ लाखभन्दा बढी बचत रकम पुगेका सदस्यहरूलाई निशुल्क तीर्थाटन गराउने ब्यवस्था गरेको बताए ।
नारी बचत खातामा न्यूनतम मौज्दात ५० हजार कायम गरेमा १ लाख बराबरको दुर्घटना बिमा गर्ने तथा साउन र तिजको अवसरमा निशुल्क मेहन्दी लगाई दिने कार्यक्रम संचालन गर्ने जानकारी दिए ।
२५ औ बर्ष २५ कार्यक्रम अभियानमा चालू आर्थिक बर्षमा जलवायु परिवर्तन, रक्तदान, युवाका लागि विशेष कार्यक्रम, खेलकुद, संचार क्षेत्रको बिकास, स्वास्थ शिविर, मैथली भाषा साहित्यको बिकासमुलक कार्यक्रम, सचेतनामूलक कार्यक्रम जस्ता समुदायलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रम संचालन गर्ने अध्यक्ष आशले
बताए ।
यसैगरी समाजसेवी ई. इन्द्र नारायण देवले आर्थिक संकट भइरहेको बेला आइडियलले समुदायलाई आर्थिक रूपमा सबल बनाउन ठुलो भुमिका निर्वाह गरे प्रशंसा गरे उनले भने संस्थाप्रति इमान्दारितापूर्वक, सेवाग्राही प्रति उत्तरदायी भएर लागेमा संस्थाले प्रगति गर्न सक्ने बताए ।
सो अवसरमा पुर्व नगरप्रमुख तथा आइडियल संस्थाका शैलेश चौधरी, सहकारी बैंक संचालक समिति सदस्य बिश्वनाथ मण्डल, आईडियल सहकारीका ब्यबस्थापक बिनोद साफी, मैथली साहित्य परिषद अध्यक्ष तथा कान्तिपुर सहकर्मि अबधेश झा, कंचनपुर सहयोगी संस्थाका अध्यक्ष अनोज यादब, लखिन्द्र साह लगायतले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रमको संचालन राजेश झाले गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |