राजविराज, २१ साउन । हुलाकी सडक अन्तर्गत सिरहा रोड फराकिलो गर्न अतिक्रमण गरी बनाएको संरचना खाली गर्न राजविराज नगरपालिकाले आइतबार आज डोजर लगाएर भत्काउन सुरु गरेको छ ।
राजविराज नगरपालिका वडा नं. ६ र ७ मा पर्ने सिरहा रोडस्थित हुलाकी राजमार्गको दायाँ बाँया ९/९ मिटर जग्गा खाली गराउन आइतबार डोजर चलाएको हो । वडा कार्यालय ६ र ७ तथा राजविराज नगरपालिकाले ७ दिन अघि नै सूचना जारी गर्दै सिरहा रोडको दायाँ बायाँ ९/९ मिटर जग्गामा रहेका भौतिक संरचना हटाउन समय सिमा शनिवार सकेपछि डोजर लगाएर सडक बिस्तार गर्दै छ ।
नगरपालिकाले आइतबार बिहानैबाट डोजर लगाएर मूल सडकको दायाँ बायाँ ९/९ मिटरमा बनाइएको भौतिक संरचना हटाउने तयारी पूरा गरिसकेको जनाएको छ ।
नगरपालिकाले भने आइतबार बिहानैदेखी संरचना हटाउने र कुनै पनि हालतमा पछि नहट्ने जनाइएकी थिइन । कार्यवाहक नगरप्रमुख इसरत परबिनले पूर्वसूचना अनुसार आइतबार बिहानैदेखी संरचना भत्काउने काम सुरु गरेको बताइनँ ।
हुलाकी सडक निर्माण गर्नका लागि राजविराज नगरपालिकाको वडा ६ र ७, राजरंगशाला र कंचनपुर रोड भएर सिरहा रोड हुने गरि नक्सांकन भइसकेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |