राजविराज, २१ साउन । जिल्ला प्रशासन कार्यालय (जिप्रका) सप्तरीको अतिक्रमित जग्गा खाली गर्न कार्यालयले सात दिनको अल्टिमेटम जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले आइतबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीको नाममा रहेको जग्गा अतिक्रमण गरी बनाइएको टहरा हटाउन भनेको छ ।
‘राजबिराज नगरपालिका वडा नम्बर- ७ मा अवस्थित जिल्ला प्रशासन कार्यालय सप्तरीको नाममा रहेको जग्गामा अतिक्रमण गरी टहरा निर्माण गरी र हटिया समेत संचालन गरेको पाइएको हुँदा उक्त जग्गामा निर्माण भएका टहराहरू लगायत अन्य संरचनाहरू स्थानीय प्रशासन ऐन २०२८ बमोजिम सात भित्र हटाउनको लागि यो सूचना जारी गरिएको छ ।
सो बमोजिम नभएको खण्डमा नियमानुसार कारवाही हुने सूचना मार्फत जानकारी गराइएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |