राजविराज, २३ साउन । केही दिन देखि परेको अविरल वर्षाले सकरपुरमा वर्षाको पानी घरहरूमा पसेको छ । वर्षा सुरु भएपछि जम्मा हुने पानीको निकास नहुदाँ वर्षेनी सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका वार्ड नम्बर -३ सकरपुराको विभिन्न स्थान डुबानमा पर्ने गरेका छन् ।
ढलको उचित निकास नभएको कारण सँधै वर्षामा सकरपुरा डुबानमा पर्ने गरेको छ । पानीको बहावको मुख थुनिएका कारण सकरपुरा जलमग्न हुने गर्छ । सामान्य पानी पर्दा पनि सधै डुबान हुने क्षेत्रमा सामान्य निकास दिन नसकेकोमा डुबान क्षेत्रका स्थानीय निराश बनेका छन ।
डुबानमा परेपछि सामान्य रुपमा हिँडडुल गर्न समेत समस्या भएको सकरपुराका स्थानीयहरुले बताएका छन् । यो एक साल मात्र नभई प्रत्येक साल यस्तै हुँदा पनि निकासाका लागि केही पहल कदमी नगर्दा स्थानीयले स्थानीय सरकार, प्रदेश तथा संघीय सरकार प्रति आक्रोश व्यक्त गरेका छन् ।
यता जलमग्न रहेको सकरपुरवासीको समस्या हेर्न मधेश प्रदेशका सभा सदस्य सतिश कुमार सिंहले स्थलगत निरीक्षण गरेका छन् । उनले आफ्नो समाजिक संजालमा पोस्ट लेख्दै निरीक्षण गरेको जानकारी दिएका छन् । फेसबुक पोस्टमा उनले लेखेका छन्, ‘अविरल बर्षाको कारण ति.को.गा.पा.वडा न. ३ सकरपुरामा घर घर मा पानी ले डुबान छ साथै खानेपानी को कल पनि डुबेको छ जनजिवन अस्त व्यस्त भएको छ स्थानीयको समस्या हेर्न स्थलगत निरीक्षण गरे ।’
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |