राजविराज, २४ साउन । जिल्ला प्रशासन कार्यालय (जिप्रका) सप्तरीले एक सूचना जारी गर्दै कार्यालयको फोटो, भिडियो नखिच्न उर्दी जारी गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी लेबन काश्यप अधिकारीले जारी गरेको सूचनामा कार्यालयमा सेवा लिन आउने सेवाग्राही, पत्रकार, सर्वसाधारणले बिना अनुमति यस कार्यालय परिसरभित्रको फोटो, भिडियो खिची सामाजिक संजाल, अनलाइन, पत्र पत्रिकामा राखेको पाइएकोले कर्मचारीको व्यक्तिगत गोपनियताको हक र कार्यालयको सुरक्षा संबेदनसिलताका कारण आदेशानुसार याे सूचना जारी गरिएको उल्लेख छ ।
जारी गरेको सूचनामा भनिएको छ,”सूचनाको विपरीत गतिविधि गरेगराइएको पाइएमा प्रचलित कानुन बमोजिम कार्वाही हुने चेतावनी समेत दिइएको छ ।”
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |