राजविराज, २७ साउन । मिथिला साहित्य कला प्रतिष्ठान (मिलाफ) ले पत्रकार सुधा देवलाई सम्मान गरेको छ । राजविराजमा शनिबार आयोजना गरेको साङ्गीतिक कार्यक्रममा पत्रकार देवले पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मान गरेको हो ।
मैथिली साहित्यको संरक्षण प्रवर्द्धनका लागि प्रत्येक शनिवार साङ्गीतिक कार्यक्रम गर्दै आएको छ । ६९ शृङ्खलामा मधुश्रावणी विशेष साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको अध्यक्ष रमिला साहले बताइन् ।
कार्यक्रमका प्रमुख अतिथि डा. सूर्या यादवले मैथिली साहित्यको संरक्षण प्रवर्द्धनमा मिलाफ नेपालको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले मैथिली संस्कृति, रितिरिवाजको संरक्षण तथा प्रबर्द्धन गर्न जरुरी रहेकोले यश तर्फ सबैजना संवेदनशिल हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमका विशिष्ट अतिथि अवकाश प्राप्त शिक्षिका मंजु श्रेष्ठ, पत्रकार सुधा देव, शुभचन्द्र झा लगायत आआफ्ना धारणा राखेका थिए । कार्यक्रममा प्रतिमा देव, मंजु साह, सरोज बिरपुरिया, राज कुमार, चन्दा साह, सोभा देव, कविता साह, मिना साह, पिंकी झा, रानु साह, सुनिला राय, लक्ष्मी साह लगायतले मधुश्रावणी बिशेष गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मधुश्रावणी पर्वको महत्त्वको विषयमा शिक्षिका ललिता झाले बृहत् रूपमा जानकारी गराएकी थिइन् । शम्भु श्रीले कार्यक्रममा संचालन गरेका थिए। कार्यक्रममा सहभागी महिलाहरूलाई आयोजकले चुरा,पोते, सिन्दुर,टीका सौभाग्यको सामान वितरण गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |