राजबिराज । राजबिराज नगरपालिकाको अगाडि रहेको श्री रमेश ना. दास आदर्श आधारभुत विद्या मन्दिरबाट एलईडी चोरी भएको छ ।
आइतबार बर्खे बिदा पछि विद्यालय खुलेपछि बालबालिकाहरूको लागि जडान गरिएको ३२ इन्चको एलईडी चोरी भएका हो ।
बालबालिकाको सिकाईको स्तरवृद्धि सँगै प्रविधि मैत्रीवाट शिक्षण सिकाईको लागि बालविकास केन्द्रमा जडान गरिएको एलईडी ढोकाको चुकुल तोडेर चोरी गरेको विद्यालयका प्राधानाध्यापक बिभा झाले बताइनँ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४२ हजार बराबरको उक्त एलईडी विद्यालयलाई सहयोग स्वरूप प्राप्त भएको प्रअ झाले बताइनँ ।
यता एलईडी चोरी गर्ने ब्यक्तीको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |