राजविराज, २८ साउन । नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष विष्णु कुमार मण्डलले प्रेस स्वतन्त्रता विरोधी कुनैपनि गतिविधि सहाय नहुने बताए ।
उनले सप्तरीको पत्रकारिताको गरिमालाई कायम राख्न सम्पुर्ण स्वाभिमानी त्रकारहरुलाई आन्दोलनमा गोलबध्द हुन आग्रह गरे । आन्दोलित पत्रकार महासंघ शाखा सप्तरी दिउँसै मैनवत्ती बालेर प्रदर्शन गरेका छन ।
महासंघ सप्तरीकाद्वारा घोषित पुर्व निर्धारित कार्यक्रम अन्तर्गत चौथोदिन आईतवार मैनवत्ती जुलुस प्रदर्शन गरेको हो ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको कार्यालयबाट सिडिओ र एसपी विरुद्ध विभिन्न नाराजुलुस सहित निकालिएको विरोध जूलूस जिल्ला प्रशासन कार्यालय अगाडि हुँदै नगर परिक्रमा गरि महासंघ पुगेर कोणसभामा परिणत भएको थियो ।
सप्तरीमा प्रहरी प्रशासनबाट पत्रकारमाथी भएको ज्यादती र प्रेस स्वतन्त्रता विरोधी उर्दी संविधानको ठाडो उल्लंघन भएको जिकिर गर्दै उनले पत्रकारमाथी दुर्व्यवहार र कुटपिट गर्ने प्रहरी र संबिधान विपरीत उर्दी जारी गर्ने सिडिओलाई कारबाहीको माग गरे ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले क्षमायाचनासहितको उर्दी फिर्ता लिई पूर्ण प्रेस स्वतन्त्रताको वातावरण बनाउनुपर्ने र जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार मनोहर पोखरेलमाथि आक्रमण भएको घटनामा संलग्न असईमाथि कानून बमोजिम कारबाही हुनुपर्ने मागसहित आन्दोलनरत महासंघ सप्तरीले संघर्षका कार्यक्रम
लाई जारी राख्दै दिनहुँ निरन्तर रुपमा प्रदर्शनसहित विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।
महासंघले श्रावण २६ गते घोषित संघर्षका कार्यक्रम अन्तर्गत श्रावण २७ गते शनिवारस् मौन जुलुस प्रदर्शन गर्ने श्रवण २८ गते आईतवारस् मैनबत्ती जुलुस प्रदर्शन गर्ने, ९११ बजे०,श्रावण २९ गते सोमबारस् सिटि जुलुस प्रदर्शन गर्ने, श्रावण ३० गते मंगलवारस् १ घण्टा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने, ३१ गते बुधवारस् २ घण्टा प्रशासन कार्यालयमा धर्ना दिने, ३२ गते बिहीवारस् ३ घण्टा प्रशासन कार्यालयमा धर्ना दिने र भदौ १ गते शुक्रवारस् २४औं घण्टे रिले अनसन बस्ने संघर्षका कार्यक्रम रहेको छ्न ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |