राजबिराज, २८ साउन । देशभरका पालिका कार्यालयमा शिक्षक-कर्मचारीले आइतबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म धर्ना दिएका छन् ।
सप्तरीको विभिन्न पालिकाका प्रमुखलाई नेपाल शिक्षक महासँघ सप्तरीले केन्द्रबाट पठाइएको ३० बुँदे ज्ञापन पत्र पालिकाका प्रमुखलाई बुझाएका छन ।
विधेयकले २०७५ तथा त्यसपछि स्थायी भएका शिक्षकहरूलाई पेन्सन प्रयोजनमा अन्याय गर्न खोजेकोमा पनि महासंघले विरोध गरेको छ ।
शिक्षा विधेयकका कतिपय व्यवस्था संशोधन गर्न आन्दोलनका कार्यक्रम घोषणा भइरहेका बेला विद्यार्थी संघ-संगठनले भने विरोधप्रति ध्यानाकर्षण भएको बताएका छन् ।
‘नेपालको शैक्षिक क्षेत्रको विकास र उन्नयनमा निजी क्षेत्रबाट भइरहेको व्यापारिकरण र माफियाकरणविरूद्ध विद्यार्थी संगठनहरूले विगतदेखि नै संघर्ष गर्दै आइरहेका छौं,’ ६ वटा विद्यार्थी संघसंगठनका अध्यक्षहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक २०८० ले प्रबन्ध गरेका केही दफा संविधानप्रदत्त ट्रेड युनियन अधिकार, पेशागत सुरक्षा र स्वभिमानको खिलाफमा रहेको नेपाल शिक्षक महासँघ सप्तरी अध्यक्ष दिनेश यादबले बताए ।
कार्यक्रम अनुसार साउन ३० गते शिक्षा विकास तथा समन्वय इकाइमा शिक्षक(कर्मचारीले धर्ना दिने, साउन ३२ गते प्रदेश सामाजिक विकास मन्त्रालयमा धर्ना, भदौ १ गते संसद सदस्यलाई विद्यालय शिक्षा र शिक्षक(कर्मचारीका मागमा सहयोग गर्न आग्रह गर्ने कार्यक्रम तय भएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |